काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि सबैभन्दा धेरै पर्यटक कात्तिकमा नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा १३ सय ७० पुरुष र ६ सय ३९ महिला गरि २ हजार ९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सरकारले विदेशी पर्यटक माथि लगाएको प्रतिवन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशी पर्यटक तथा नागरिकको आवागमन बढ्न थालेको जनाईएको छ ।
अध्यागमन विभागको तथ्यांक अनुसार पछिल्लो एक महिनामा नेपाली तथा विदेशी गरी २४ हजार ८४ जनाले नेपाल छाडेका छन्।
जसमध्ये २२ हजार २ सय १२ नेपाली नागरिक रहेका छन् भने १ हजार ८ सय ७२ विदेशी नागरिक रहेका छन् ।
यसका साथै कात्तिक महिनामा विश्वका विभिन्न देशबाट नेपाल आउने नागरिकको संख्या ३७ हजार ३ जना रहेको छ।
जसमा ३४ हजार ९ सय ९४ जना नेपाली रहेका छन् भने २ हजार ९ जना विदेशी नागरिक रहेको अध्यागनम विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।