add

एनएमबि बैंकमा चाैबिसै घण्टा भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने






ActPro Nepal

|

४ मंसिर, २०७७

|
1755

काठमाडाैं । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भइसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा ल्याएकाे छ ।

ग्राहकहरुले चाैबिसै घण्टा, सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुने बैंकले जनाएकाे छ । बचत खाता एनएमबिको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन रु. ५,००० सम्म हुने व्यवस्था गरिएको छ । ग्राहकले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट रु.५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराइएको छ ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको र घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेकाे बैंकले जनाएकाे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.