काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावलीमा कुनै पनि दाबी विरोध नपरेको निर्वाचन समितिले जनाएको छ। कुनै पनि दावी विरोध नपरेपछि निर्वाचित समितिले पहिलो मतदाता नामावली नै अन्तिम रुप दिएको छ ।
बुधबार २ बजे सम्म मतदान गर्न पाउने सदस्यहरुको नामावली उपर दावी विरोधको लागि समय निर्धारण गरिएकोमा लिखित दाबी विरोध नआएपछि बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन भएको हो । यस संगै महांसघको निर्वाचनको लागि जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १०७ मतदाता, वस्तुगत समुहतर्फ १०१ मतदाता, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समुहतर्फ १२ मतदाता, एशोसिएट समुहतर्फ ९२३ मतदाता र संस्थापक सदस्यहरुतर्फको १२ मतदाता रहने छन् ।
मतदान गर्न पाउने सदस्यको सुचिमा १७ वाणिज्य बैंक, ३ विकास बैंक र ६ ब्रोकर कम्पनी समेत छन् । महासंघको नयाँ नेतृत्वको लागि आगामी मंसीर १३ गते निर्वाचन हुदै छ ।
मतदाता नामावली हेर्न यहाँ क्लिक गर्नु होला ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।