add

महासंघका निवर्तमान अध्यक्ष महत भन्छन् : ‘किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ’






ActPro Nepal

|

४ मंसिर, २०७७

|
1099



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने र स्पष्ट भनाई राख्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनु पर्ने मुरारकाको भनाई छ । त्यो भुमिका किशोर प्रधानले मात्र निर्वाह गर्न सक्ने भन्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताए ।   
 
ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए । ‘म निवर्तमान अध्यक्षका नाताले महासंघ भित्र दोस्रो वरियतामा थिएँ’ मुरारकाले भने, ‘डेढ वर्षसम्म म मिटिङमा गएर मात्रै फर्किए, किनभने मैले कुनै हस्तक्षेप गर्नु थिएन । तर, अपराध नै गरे जसरी वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न नदिने चलखेल सुरु भयो, त्यसपछि म सक्रिय भएको हुँ’ मुरारकाले आफ्नो अनुभव सुनाए ।
 
‘शेखर गोल्छाले के अपराध गरेका छन् र अध्यक्ष बन्न दिन्न भनेर धम्याक्याइन्छ ?’ मुरारकाले प्रश्न गरे, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुनेगरी गोल्छालाई मतदान गर्ने, अनि अहिले अध्यक्ष बन्न दिन्न भनेर धम्क्याउने ?’

शेखर गोल्छाले धम्कीको प्रवाह नगरी किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामी अध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताए ।

साना तथा मझौला व्यवसायीका पीडा निकै दर्दनाक हुने भन्दै मुरारकाले त्यस्ता गुनासो सुन्न सक्ने र सरकार समक्ष पुर्याउने क्षमता किशोर प्रधानसँग रहेको बताए ।

महासंघको इतिहासमा हालसम्म जिल्ला नगरतर्फबाट आनन्दराज मुल्मी र कुशकुमार जोशी मात्रै अध्यक्ष भएको स्मरण गराउँदै उनले किशोर प्रधानले महासंघमा आएर गरेको त्यागलाई सम्मान गर्न पनि यसपटक उनलाई मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गरे ।

‘किशोर प्रधान अनुभवी र क्षमता भएको व्यक्ति हुनुहुन्छ, अहिलेको अवस्थामा महासंघमा अनुभवी व्यक्ति चाहिएको छ’ मुरारकाले भने, ‘अगाडी पर्दा तपाई नै हाम्रो मान्छे भन्ने तर पछाडीबाट असहयोगी भुमिका खेल्ने प्रवृत्ति त्यागेर मतदान गर्नुपर्छ । किशोरसँग केही गुनासा छन् भने उनकै अगाडी भन्न सक्नुपर्छ ।’

अहिले उल्लेख्य सहभागीता देखेर निर्वाचन सहजै जित्ने आँकलन गर्न सकिने बताएका उनले अन्तरघात नगर्न सबैलाई आग्रह गरेका छन् । ‘म अनुरोध गर्न चाहान्छु, अहिले तपाईहरुले गर्ने कमजोरी र गल्तीका कारण आगामी ३ वर्ष पछुताउनु नपरोस्’ मुरारकाले भने ।
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चार्टर्ड एकाउन्टेन्टको रिक्त रहेका ८ पदमा पुन: दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.