add

राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश २०७७ जारी






ActPro Nepal

|

३ मंसिर, २०७७

|
962

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन्।

मन्त्रिपरिषदको सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘आज मिति २०७७ साल मंसिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गर्नुभएको छ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.