add

महत भन्छन् :‘नेकपाको कारण जनतामा लाेकतान्त्रिक प्रणाली नै गलत रहेछ भन्ने भ्रम पैदा भएकाे छ ’






ActPro Nepal

|

३ मंसिर, २०७७

|
1029

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेकपाको आन्तरिक किचलोका कारण जनतामा लाेकतान्त्रिक प्रणाली नै गलत रहेछ भन्ने भ्रम पैदा भएकाे बताएका छन् ।

नेकपाभित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि जनताले आशंका गरिरहेको उनको भनाइ छ ।

निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकाले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको महतले बताए । महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजे पनि देश त्यो बाटोमा जान नसक्ने बताए ।

जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको उनको आरोप थियो । उनले सरकार संवेदनशील नबनेका कारण काेराेना महामारी नियन्त्रणबाहिर गएको बताएका छन् ।

'निर्वाचनमा गरेको वाचाविपरीत सरकारले काम गरिहरेको छ । सरकार संवेदनशील भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो', उनले भने, 'सुरुमा आइसोलेसन, क्वारेन्टाइन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो वर्ष आउने थिएन। अहिले सरकार औषधि खरिद र राहात वितरणको रुपमा फाइदा उठाउने अभियानमा लागेको छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.