काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्न मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली प्रकाशन गरेको छ ।
जिल्ला नगर तर्फ प्रदेश नम्बर १ बाट २३ मतदाताको सूची तयार भएको छ । त्यसै गरी प्रदेश २ बाट १३, प्रदेश ३ बाट १६, प्रदेश ४ बटा १३ र प्रदेश ५ बाट २२ संघहरुले मतदान गर्न पाउने छन् ।
त्यसै गरी प्रदेश ६ बाट १० र प्रदेश ७ बाट १० गरी जिल्ला नगरतर्फका कुल १०७ मतदाताहरुको सूची सार्वजनिक गरिएको छ ।
त्यसै गरी वस्तुगततर्फ १०१ संघहरुको सूची सार्वजनिक गरिएको छ । द्धिराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १२ संस्थाहरु सूचीमा छन् । एशोसिएट्सतर्फ कुल ९२३ संस्थाहरुको सूची सार्वजनिक गरिएको छ भने कतदान गर्न पाउने १२ संस्थापक सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ ।
संस्थाको नाम मात्र सार्वजनिक गरिएको जनाएको निर्वाचन समितिले कतिपय संघ संस्थाहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि विबरण आउने क्रम जारी रहेको जनाएको छ । मंसिर ११ गते बिहानसम्ममा मतदाताहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि मनोनयनको काम पुरा गर्न महासंघले सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।
उल्लेखित सूची महासंघमा आबद्ध सबै सदस्यहरुको सूची हो । अन्तिममा यो सूचीमा केही परिमार्जन हुन सक्छ । निर्वाचन सचिवालयले धेरै संघ संस्थाहरुबाट प्रतिनिधि मनोनयन भएर आईसकेको र बाँकी संस्थाहरुबाट आउने क्रम जारी रहेको जनाएको छ ।
मतदाताको पहिलो चरणको विबरणको पूर्णपाठ यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।