add

नेपाल संवतले नि:स्वार्थ भावका साथ समाजमा अग्रसर रहन प्रेरणा दिने राष्ट्रपतिको विश्वास






ActPro Nepal

|

१ मंसिर, २०७७

|
1560

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि नि:स्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपाल संवत् नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै यस संवले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।

उनले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवतकाे नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गरेकी छन्।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो। यस संवतकाे पहिलो दिन कार्त्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ।

लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरिब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.