add

नेपाल टेलिकमको तिहार 'विशेष अफर' सार्वजनिक, यसरी लिनुहोस्






ActPro Nepal

|

२७ कार्तिक, २०७७

|
963

काठमाडौं । नेपाल टेलिकमले तिहार, नेपाल संवत तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै नयाँ प्याकेजहरु सार्वजनिक गरेको छ ।

कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने बताएको छ । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुने बताईएको छ । यसका साथै अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागु हुनेछन् ।

फेस्टिभल अफर (दशैमा उपलब्ध अफरको निरन्तरता)

फेस्टिभल अफरका रुपमा जीएसएम/सीडीएमए मोबाइलको व्यालेन्स टप अप गर्दा निम्नानुसारको वोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

१. रिचार्ज कार्डबाट रु ५० रिचार्ज वा एमपोसबाट रु २० देखि रु ५० सम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट वोनस ।

२. रिचार्ज कार्डबाट रु १०० वा एमपोसबाट रु ५१ देखि रु १०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट वोनस ।

३. रिचार्ज कार्डबाट रु २०० वा एमपोसबाट रु १०१ देखि रु. २०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट वोनस ।

४. एमपोसबाट रु २०१ देखि रु ४९९ सम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट वोनस ।

५. रिचार्ज कार्डबाट रु ५०० वा एमपोसबाट रु ५०० देखि रु ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट वोनस ।

६. रिचार्ज कार्डबाट रु १००० वा एमपोसबाट रु १००० वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस ।

अटम अफरमा थप सुविधा


१. कम्पनीले ७ दिनसम्म प्रयोग गर्न सकिने गरी प्रतिदिन १०० मिनेट र २८ दिनका लागि प्रतिदिन १०० मिनेट चलाउन मिल्ने छुट्टाछुट्टै इको भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । ७ दिनका लागि उपलब्ध हुने यस प्याकेजको मूल्य रु ९५ हुनेछ भने २८ दिनका लागि उपलब्ध हुने प्याकेजको मूल्य रु ३७५ हुनेछ । यी प्याक अन्तर्गत क्रमशः ७०० र २८०० मिनेट भ्वाइस कल गर्न सकिने छ ।

२. यसैगरी भ्वाइस र डाटा प्याक दुवै सुविधा समेत लिन सकिने नयाँ इको डाटा प्याक विथ भ्वाइस समेत उपलब्ध गराइएको छ । यस अन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्ने र प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु ९५ मा जम्मा ९८ मिनेट भ्वाइस कल गर्न र ७ जीबी डाटा चलाउन सकिने छ । साथै रु ३७५ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी जम्मा ३९२ मिनेट भ्वाइस कल र २८ जीबी डाटा सहितको प्याकेज उपलब्ध हुनेछ ।

३. ग्राहकको सहजताका लागि सबै किसिमका डाटाका साथै फेसबुक र युट्युब चलाउन मिल्नेगरी लार्ज सोसियल मिडिया प्याक मा निम्न छुट उपलब्ध हुनेछ

क. रु १८० मा ७ दिनका लागि अल डाटा ४ जीबी र प्रत्येक दिन १ जीबी फेसबुक तथा युट्युब चलाउने गरी ७ जीबी सहित जम्मा ११ जीबी डाटा ।

ख. रु ५९९ मा अल डाटा १० जीबी र २८ दिनसम्म प्रत्येक दिन १ जीबी गरी फेसबुक तथा युट्युब चलाउन २८ जीबी सहित जम्मा ३८ जीबी ।

ग. यसरी उपलब्ध डाटामध्ये अल डाटाबाट २४सै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने १ जीबी डाटाले युट्युब र फेसबुक चलाउन सकिने छ । युट्युब र फेसबुकसम्बन्धी सबै डाटा जुनुसुकै समयमा र जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने छ ।

घ. कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको पोस्टपेड प्याकमा रु ५९९ को नयाँ पोस्टपेड (प्राइम) प्याक थप गरिएको छ भने रु. ७४९ को प्याकमा डाटा भोल्युम परिमार्जन गरिएको छ । अब रु. ५९९ मा ३० दिनसम्म चलाउन मिल्नेगरी प्याक लिन सकिने छ । सो प्याक प्रयोग गरी ४०० मिनेट कम्पनीकै नेटवर्कमा र ५० मिनेट अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा प्राप्त हुनेछ । साथै सो प्याकबाटै ६ जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिने छ ।

ङ. यसैगरी रु ७४९ को ३० दिन चलाउन मिल्ने पोस्टपेड (प्रिमियम) प्याक लिन सकिने छ र यसबाट ८०० मिनेट कम्पनीकै नेटवर्कमा र ७५ मिनेट अन्य नेटवर्कमा कल गर्न सकिने छ । त्यसैगरी ८ जीबी डाटा भोल्युम चलाउन र ५०० वटा एसएमएस गर्न सकिने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.