काठमाडौं । गायिका कुन्ति मोक्तानको तिहारको अवसरमा ‘भैलीनी’ बोलको गीत सार्वजनिक भएको छ ।
तिहारको विषेश महत्व दिइएको उक्त गीतमा उनको दुई छोरीले शितल र सिवानीले साथ दिएका छन् । तिहारमा रौनक ल्याउने सयपत्री फुल, मखमली, झिलिमिली, सोरठी भाखा, जोर मादल शब्दले गीतमा मौलिकता झल्किएको छ ।
गीतमा संगितकार तथा गितकार शिला बहादुर मोक्तानको शब्द रहेको छ । तिहार पर्वलाई आधुनिकताको नाममा विकृती भित्र्याउन थालेको समाजलाई उनको यस गीतले पारस्परितकता र साधारण पक्षलाई उजागर गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।