add

सेयर बजार साढे तीवर्ष वर्ष यताकै उच्च विन्दुमा, इतिहासकै तेस्रो धेरै कारोबार






ActPro Nepal

|

२७ कार्तिक, २०७७

|
1102

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार साढे ३ वर्ष वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

सूचकसँगै कारोबार रकम पनि निरन्तर बढ्दै गएको छ । आज नेपाली सेयर बजारको इतिहासमै तेस्रो धेरै ४ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यससाता लगातार ४ अर्ब बढीको कारोबार भएको आज तेस्रो दिन हो ।

यसअघि गत फागुन १८ गते इतिहासकै धेरै ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको कारोबार भएको थियो भने फागुन १५ गते दोस्रो धेरै ४ अर्ब ४६ करोड बराबरको सेयर किनबेच भएको थियो ।

यसा साताका ५ दिनमा मात्रै नेप्से परिसूचक करिब ८० अंकले बढेको छ भने असार यता करिब ५०० अंकले बढेको छ ।

बढ्दो बजारमा लगानीकर्ता ठूला कम्पनीको सेयरमा आकर्षित भएका छन् । बजारका ठूला नेपाल टेलिकम, पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष लगायत ठूला कम्पनीको सेयर कारोबार बढ्दै गएको छ ।

सेयर बजार मापक सूचक नेप्से १०.८२ अंकले बढेर १७१८.५० विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको १ करोड २३ लाख ३५ हजार ५५६ कित्ता सेयर ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८९० रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचकमा पोजेटिभ सर्किट लागेको छ । यस समूहको परिसूचक १६४.७१ अंकले बढेको छ । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३०.४६ अंकले घटेको छ ।

आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यस साता उच्च कारोबार हुँदै आएको पुनर्बीमाको आज सबैभन्दा धेरै २८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै नेपाल टेलिकम र प्रभु बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

बढ्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट्र ट्रेडिङ  र विशाल बजार कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।यस्तै, नाडेप लघुवित्त, नेपाल टेलिकम र सबैको लघुवित्तको पनि सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.२३प्रतिशतले गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.