add

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ६ अर्ब ८१ करोड निकासा, कहाँ कति खर्च ?






ActPro Nepal

|

२७ कार्तिक, २०७७

|
918

काठमाडौं ।  सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ खर्च भएको बताएको

सर्वोच्च अदालतको आदेशपछि कोरोना संक्रमितको उपचार तथा परीक्षण पुन: निशुल्क थालेको सरकारले आज चालु आर्थिक वर्षको खर्च विवरण सार्वजनिक गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रूपैयाँ विनियोजन गरेको हो।

प्रवक्ता गौतमका अनुसार यसमा हाइ डिपेन्डेन्सी यूनिटका लागि विनियोजन गरिएको ३ अर्ब २५ करोड रूपैयाँ समेत समावेश भएको छ ।

यस्तै, सरकारले प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

चिकित्सकसहित स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको गुनासो गरिरहँदा डा.गौतमले संक्रमित व्यवस्थापन, कन्ट्याक ट्रेसिङ तथा जोखिम भत्तामा १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपैयाँ खर्च भएको उल्लेख गर्नुभयो ।

आईसीयू भेन्टिलेटर र अस्पताल सुद्रिढिकरणमा १ अर्ब २९ करोड ९० लाख निकासा भएको डा. गौतमको भनाई छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.