add

सूर्या लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव






ActPro Nepal

|

२६ कार्तिक, २०७७

|
2358

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । 

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले बोनस र नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समिति तथा इन्स्योरेन्सको आगामी साधारण सभाले पारित गरे पछि लगाउनीकर्ताले पाउने छन् ।

२ अर्ब १५ करोड ५१ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस बितरण पश्चात चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रुपैंया नाघ्नेछ ।

आर्थिक वर्ष २०७४ ७५ मा इन्स्योरेन्सले १२ प्रतिशत बोनस बितरण गरेको थियो । अहिले बोनस ७ प्रतिशत घटाएर प्रस्ताव गरिएको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.