काठमाडौं । काठमाडौं उपत्यकामा थप १३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, शुक्रबार नेपालमा थप २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८४३ पुगेको छ भने अहिलेसम्म १ लाख ५२ हजार ९०८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारमात्रै ४५०० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।