add

नारायण रायमाझीको ‘देउसी भैलो’ गीत सार्वजनिक (भिडियो)






ActPro Nepal

|

१९ कार्तिक, २०७७

|
1806

काठमाडौं ।  तिहार नजिकिदै गर्दा लोकदोहोरी क्षेत्रका गायक–गायिकाहरूले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि तिहार विशेष देउसी–भैलो गीत सार्वजनिक गर्ने क्रम बढदो छ ।

यस्तैमा नेपाली लोक संगीतकै चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको देउसी भैलो गीत सार्वजनिक भएको छ ।

देउसी भैलो खेल्ने नेपाली संस्कृति शैलीमा तयार गरिएको गीतको भिडियो रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो । देउसी भैलो गीतको शब्द, लय संगीत, रायमाझीकै रहेको छ । गीतलार्ई गायिका टिका पुनले स्वरमा साथ दिएकी छिन् ।

गीतमा गीतमा बि.बि.अनुरागीको संगीत संयोजन रहेको छ भने श्याम श्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् । छायांकनरसम्पादनरकलर मिराज अर्यालको रहेका छ ।

अन्य सहयोगीहरुमा उदिराम खड्का,बिन्दु खड्का, बिवेक खड्का, मनोज खड्का, सरु राई, ऐलिना ठकुरी, दिपक बि.टि.एल. र सन्देश रायमाझी रहेका छन् ।

हेर्नुहाेस याे भिडीयाे



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.