add

यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हेरेक पल्ट तपाईनै झुक्नुपर्छ भने त्यो सम्बन्धलाई त्यहि रोकिदिनु






ActPro Nepal

|

१८ कार्तिक, २०७७

|
2655

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला ।

१. बुढो मान्छे बिगतमा जिउने गर्छत्यसैले ऊ दुखी हुने गर्छ । जवान मान्छे भविष्यमा जिउने गर्छ त्यसैले ऊ तनावमा हुने गर्छ । तर एउटा बच्चा सधै बर्तमानमा जिउने गर्छ त्यसैले त ऊ सधै खुशी हुने गर्छ ।

२. मुल्य पानीको होइन तिर्खाको हुने गर्दछ, मुल्य मृत्युको होइन जीवनको हुने गर्दछ, प्रेम त सबैले गर्छन् दुनियामा तर मुल्य प्रेमको होइन बिश्वासको हुने गर्दछ ।

३. रेसमा दौडिने घोडालाई त यो थाहा हुदैन कि जित के हो भनेर किनकि घोडा त बस उसको मालिकले दिएको दुखले गर्दा दौडिने गर्छ त्यसैले जब जब तिमीलाई जीवनमा दुख आउछ तब तब यो सम्झिनु कि तिम्रो मालिकले तिमीलाई जिताउन खोजिरहेको छ ।

४. जित कहिले पनि ठुलो हुदैन किनकि जित भन्दा जित्नेवाला ठुलो हुन्छ, माफी कहिले पनि ठुलो हुदैन किनकि माफी भन्दा माफ गर्नेवाला ठुलो हुन्छ, त्यस्तै सम्बन्ध कहिले पनि ठुलो हुदैन किनकि सम्बन्ध भन्दा सम्बन्ध निभाउने वाला ठुलो हुन्छ ।

५. सायद मान्छेहरु झुठ बोल्ने गर्छन् कि नशाले मान्छेको दुख भुलाई दिने गर्छ किनकि अक्सर मैले देख्ने गरेको छु कि नशा नगरेको मान्छे भन्दा नशा गरेको मान्छे बढी रोएको देख्छु ।

६. एउटा मान्छेले जिन्दगीलाई सोधेछ कि किन सबैलाई खुसी दिदैनस ? तब जिन्दगीले भनेछ, म सबैलाई खुशी नै दिने गर्छु तर मान्छेको स्वभाव नै यस्तो छ कि एउटाको खुशी अर्कोको लागि दुख भईदिन्छ ।

७. समस्या जतिनै ठुलो भए पनि यस्तो हुने सक्दैन कि त्यसको समाधान न होस् किनकि रात जतिनै अध्याँरो भएपनि सूर्यलाई उदाउनको लागि रोकेर राख्न सक्दैन ।

८. दियो बोल्दैन किनकि उसको प्रकाशले उसको परिचय दिने गर्छ । त्यसैगरी तपाईको पनि शब्दले होइन तपाईको राम्रो कर्मले परिचय दिने गर्छ ।

९. यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियामा खोट लगाउनेको कमी छैन ।

१०. मान्छेले घर बदलिन्छ, सम्बन्ध बदलिन्छ, साथीलाई बदलिन्छ तर पनि ऊ किन खुशी हुन सक्दैन ? किनकि सबै बदलेर पनि उसले आफैलाई बदलिन बिर्सन्छ ।

नोट : तपाईहरुलाई हाम्रो मन छुने भनाईहरु कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.