काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.४ अंकले बढेको छ।
साताको पहिलो र दोस्रो दिन लगातार घटेको शेयर बजार मंगलवार भने सकारात्मक देखिएको छ । आज नेव्से परिसूचक ५.४० अंकले बढेर १ हजार ६ सय ४३.०३ अंकमा पुगेको छ ।
आज १ सय ९८ कम्पनीको २९ हजार ६०६ कित्ता शेयर ७७ लाख ५७ हजार ३ सय ५३ पटक किनबेच हुँदा २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपैयाँ बराबरको कारोबार भयो ।
मंगलवार विकास बैंक र बैकिङ्ग बाहेक अन्य सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ४.८० प्रतिशत बढ्यो । त्यस्तै, निर्जिवन बिमा कम्पनीको २.१८ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।
आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका शेयर धनीले कमाए । विशाल बजारको शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो । त्यस्तै, सम्मीट लघुवित्तको ९.९२ प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका शेयर धनी रहेका छन् । महालक्ष्मी बैंकको शेयर मूल्य २.५५ प्रतिशत घट्यो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।