add

अन्तर्राष्ट्रिय योग शिक्षकको सूचीमा योग गुरु आचार्य राजन शर्माको नाम






ActPro Nepal

|

१८ कार्तिक, २०७७

|
1543

काठमाडौं ।  नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समूह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगत्का प्रभावशाली योग शिक्षकको सूचीमा दर्ता गरेको छ ।

योगी आचार्य राजन शर्मालाई ‘मास्टर योग टिचर’ को उपाधि दिँदै अलायन्सले आफ्नो वेबसाईटमा उनको विवरण सार्वजनिक गरेको हो । दुई हजार ५०० घण्टा भन्दा बढी योग प्रशिक्षण अनुभव हासिल गरेको वा योग, ध्यान, प्राकृतिक उपचारको क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका वा योग विधामा शोध, अनुसन्धान र लामो उपलब्धि ग्रहण गरेका योगगुरु, स्वामी तथा विशेषज्ञलाई यो उपाधि दिने अलायन्सको प्रावधान छ ।

हालसम्म विश्वभर २९ जना अन्तर्राष्ट्रिय योग गुरुलाई यो शीर्षकमा दर्ता गरेको ‘योग अलायन्स वल्र्ड’ले जनाएको छ । यस अघि यो क्षेत्रमा योगदान दिने नेपाली योगीलाई अन्य शीर्षकमा मात्र दर्ता गरिएको थियो ।

नेपाल, भारत र अष्ट्रेलियाका शिक्षालय र गुरुकुलबाट योग शिक्षा तथा प्राकृतिक उपचार सम्बन्धी अध्ययन र अनुसन्धान गरेका भीमसेन सापकोटाको अध्यात्मिक नाम योगी आचार्य राजन शर्मा हो ।

उनले योगमा तीनवटा विश्व कीर्तिमान कायम गरेको आलायन्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा उडिरहेको विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो कीर्तिमान राखेका थिए ।

विश्वका ४२ देशका ८२ स्थानमा ‘द आर्ट अफ ह्याप्पिनेस’ नामको उत्प्रेरणा शिविर मार्फत् विश्वलाई योगमया बनाउंने कार्यमा संलग्न शर्मालाई फिजी सरकारले नेपाल–फिजी सांस्कृतिक राजदूत र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विश्व सद्भावना दूतको रुपमा समेत नियुक्त गरेको छ ।

महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवर्द्धन गर्दै आएका उनी विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुन् । लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुन् ।

नेपाललाई योग गुरु देश बनाउने अभियानमा लागेका उनको दैनिक अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण कक्षामा हाल विश्वभरबाट ६०० जनाको निरन्तर सहभागिता रहँदै आएको तालिमको साझेदार संस्था मानव सेवा अश्रमले जनाएको छ ।

योगको उद्गम भूमि नेपाललाई योग र तपस्याको विश्वकै गन्तव्य र गुरु बनाउने आफ्नो अभियान रहेको उनी बताउँछन् । अष्ट्रेलियामा अध्यापन तथा योग प्रवद्र्धन गरिरहेका योगी आचार्यले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।- रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.