add

यी हुन् रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने फलफुलहरु






ActPro Nepal

|

१८ कार्तिक, २०७७

|
1077

काठमाडौं । कोरोनाको भाइरसको महामारी फैलिरहेको अवस्थामा हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता वृद्धि गर्नु अत्यन्त आवश्यक हुन्छ ।

रोग प्रतिरोधक क्षमता बढाउनको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा रोग प्रतिरोधक क्षमता बढाउने फलफुल धेरै खानुपर्दछ ।

यी हुन् रोग प्रतिरोधक क्षमता बढाउने फलफुलहरुः

सुन्तला

सुन्तला रोग प्रतिरोधक क्षमता वृद्धि गर्ने फल हो । यसमा हुने क्याल्सियम र भिटामिन सी ले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई वृद्धि गर्छ । यसका साथै कोलेस्ट्रोलको मात्रा कम गर्नमा पनि महत्वपुर्ण काम गर्छ ।

अनार
अनार हामीमध्ये सायद कमै मान्छेलाई मन पर्दैन् । मिठो हुनुका साथै रक्तचापका विरामी तथा मुटु सम्बन्धी समस्या भएका मानिसहरुको लागि फलदायी हुनुका साथै क्यान्सरबाट पनि बचाउँछ ।

अम्बा
अम्बामा पाईने भिटामिन सी, एन्टी अक्सीडेट्स र फाइबरले ब्लड सुगरलाई नियन्त्रण गर्दछ । जसको कारण रोग प्रतिरोधक क्षमतामा पनि वृद्धि हुन्छ ।

मौसम
कागती प्रजातिमा पर्ने मौसमले पनि हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई वृद्धि गर्नमा महत्वपुर्ण काम गर्छ । यसमा रहने भिटामिन सी ले हाम्रो रगतलाई सफा बनाउने काम गर्छ । -एजेन्सीको सहयोगमा


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.