add

सानिमा जनरल इन्स्योरेन्सको आगामी साता दोस्रो बजारमा कारोबार खुल्दै,कारोबार कतिमा होला ?






ActPro Nepal

|

१६ कार्तिक, २०७७

|
1231

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सले जारी गरेको प्राथमिक शेयर (आईपीओ) शेयर गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका २ लाख ७३ हजार जना लगानीकर्ताको खातामा शुक्रबार जम्मा भएको छ ।

यससँगै कम्पनीको धितोपत्रको आइतबार वा सोमबारभित्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण हुनेगरी कम्पनीले प्रकृया अगाडि बढाएको छ । यससँगै आगामी साताबाटै कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबार हुन थाल्नेछ । कम्पनीको धितोपत्रको दोस्रो बजार (नेप्से) मा कारोबारका लागि एसजीआई कारोबार संकेत पाएको छ । यहि कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

धितोपत्र दोस्रो बजारमा कारोबारका लागि कम्पनीले शेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज (Open Price Range)  प्राप्त गर्नुपर्ने हुन्छ। । जसमा नेप्सेले हरेक कम्पनीलाई सो कम्पनीको अघिल्लो आर्थिक वर्षको परिस्कृत वित्तीय विवरणका आधारमा निर्धारण भएको प्रतिशेयर नेटवर्थलाई न्यूनतम कारोबार र प्रतिशेयर नेटवर्थको तीन गुणालाई अधिकतम कारोबार रेञ्ज तोक्ने गर्दछ ।

यसअनुसार सानिमा जनरल इन्स्योरेन्सले पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०३.७३ रुपैयाँ र अधिकतम ३११.१९ रुपैयाँ अधिकतम कारोबार रेञ्ज पाउनेछ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य (प्रतिशेयर नेटवर्थ) देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

कम्पनीले सार्वजनिक निष्काशनका बखत प्रकाशन गरेको आह्वान पत्रमा आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.७३ रुपैयाँ रहेको छ। यसअनुसार नै नेटवर्थको तीन गुणासम्म अर्थात ३११.१९ रुपैयाँसम्मको कारोबार रेञ्ज प्राप्त गर्नेछ ।

कम्पनीको शेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनमा नेप्सेको स्पेशल प्रि-ओपन सेसनमा कारोबार भई सोही दिनको बिहान ११ बजेदेखि नियमित कारोबार सेसनबाट कम्पनीको शेयर कारोबार सुरु हुनेछ । शेयर सूचीकरण भएको दोेस्रो दिनको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार हुन नसकेको खण्डमा भने जुन दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार सम्भव हुन्छ सोही दिनदेखि मात्र कारोबारको थालनी हुनेछ ।

यसअनुसार सानिमा जनरल इन्स्योरेन्सको गोलाप्रथाबाट आईपीओ शेयर प्राप्त गरेका लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा उक्त शेयर खरीद बिक्री गर्न सक्नेछन्। माग र आपूर्तिको आधारमा कम्पनीको दोस्रो बजारमा मूल्य निर्धारण हुने गर्दछ । जति धेरै माग भयो उति नै कम्पनीके शेयरमूल्य बढ्नेछ भने मागभन्दा धेरै बिक्री आउन थालेपछि भने कम्पनीको शेयर घट्न थाल्नेछ । कम्पनीको आईपीओ पनि कूल आवेदकको ३१ प्रतिशतले मात्र प्राप्त गरेकाले यस कम्पनीको पनि दोस्रो बजारमा प्रतिकित्ता ५०० रुपैयाँभन्दा माथि कायम हुने आंकलन गरिएको छ ।



सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गते देखि असोज २५ गतेसम्म कूल ३० करुोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो। जसमध्ये १ लाख २० हजार कित्ता शेयर कम्पनीका कर्मचारीको र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि लागि छुट्याएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता शेयर २ लाख ७३ हजार जना लगानीकर्तालाई १० कित्ताका दरले असोज ३० गते शुक्रबार सर्वसाधारणमा बाँडफाँड गरिएको थियो।

आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ७०ः३० कायम भएको छ ।
इन्स्योरेन्सको आइपीओमा ८ लाख ६६ हजार ९०५ वटा आवेदन परेकोमा ३ हजार ३६० वटा आवेदन रद्ध गरी बाँकी ८ लाख ६० हजार २२५ योग्य आवेदकमध्ये ५ लाख ९० हजार ५४५ जना आवेदकले शेयर प्राप्त गर्न सकेका थिएनन् । आईपीओ ६.८१ गुणा धेरै आवेदन परेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.