add

भारतले शुरु गर्‍यो पहिलो ‘सी प्लेन






ActPro Nepal

|

१६ कार्तिक, २०७७

|
880

अहमदावाद । भारतले पानीमा अवतरण गर्ने र पानीबाटै उडान भर्ने सी प्लेनलाई व्यवसायिक रुपमा संचालनमा ल्याएको छ । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केवडियाबाट अहमदावादको साबरमतीसम्म जाने क्रममा सी प्लेन चढेर उडेका छन् । यससँगै अब भारतमा समेत सी प्लेनको व्यवसायिक उडान प्रारम्भ भएको हो ।

सी प्लेनले अहमदावादस्थित साबरमतीमा बनाइएको रिवरफ्रन्टबाट केवडियाको स्ट्याचु अब यूनिटीलाई जोड्ने छ । यी दुबै भारतका लोकप्रिय पर्यटकीय गन्तब्य हुन् । भारतीय संचारमाध्यमहरुका अनुसार अब सी प्लेन हरेक दिन यी दुई गन्तब्यबाट एक अर्को गन्तब्यका लागि उड्नेछ । जहाँ आन्तरिक तथा बाह्य पर्यटकले यसको सेवा लिन सक्ने भएका छन् ।

भारतमा सी प्लेनको सेवा स्पाइसजेटको पूर्ण स्वामित्वमा रहेको भगिनी कम्पनी स्पाइस सटलले शुरु गरेको हो । यो जहाज अहमदावादबाट भारतीय समय अनुसार हरेक दिन बिहान सवा १० बजे उड्नेछ । यो जहाज आधा घण्टाको उडानपछि केवडिया पुग्नेछ । केवडियाबाट जहाज पौने १२ बजे उड्ने छ । आधा घण्टामा अहमदावाद पुग्नेछ । दैनिक दुई उडानको तालीका तय गरिएको छ ।

दुईतर्फी ३ हजार भारु भाडा
सी प्लेनमा एकतर्फी १५ सय र दुईतर्फी भाडा तीन हजार भारु तय गरिएको छ । शुक्रबारबाट अनलाइन बुकिंगबाट टिकट बिक्रि शुरु गरिएको थियो । यो जहाजमा एक पटकमा १५ जना यात्रुले यात्रा गर्न सक्ने भएका छन । स्पाइसजेटले सी प्लेनका लागि ट्वीनअटर ३०० जहाज प्रयोग गरेको छ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.