काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचरका प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीमाथि प्रश्न उठाएका छन्।
आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत संयोजक मिश्रले मन्त्री ज्ञलालीमाथि ८ वटा प्रश्न तेस्रयाउँदै ती प्रस्नको जवाफ माग गरेका छन्।
उनले गोयल प्रधामन्त्री मोदीको प्रतिनिधिका रुपमा आएका हुन् भने हाइप्रोफाइल भ्रमणबारे पहिल्यै किन जानकारी नदिएको भनी प्रश्न उठाएका छन्। प्रधानमन्त्रीलाई गुप्तचर प्रमुख भेट्न आउनु हेपेको हो कि होइन भन्ने मिश्रकाे अर्काे प्रश्न छ।
उनले प्रधानमन्त्री ओलीका पक्षधरहरु यो भेटलाई ढाकछोप गर्न लागेको आरोप समेत लगाएका छन्। उनले यो विषय सुसंस्कृत राजनीति भएको देशमा भएको भए प्रधानमन्त्रीमाथि पनि छानबिन हुन सक्थ्यो भन्दै नेपामा क्रमशः भ्रष्टाचारमा जस्तै राष्ट्रघात पनि सहन सक्नेको संख्या बढ्दै गएको बताएका छन्।
हेरौ सामाजिक सञ्जालमार्फत मिश्रले मन्त्री ज्ञवालीलाई राखेका ८ प्रश्न:
१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको?
२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन?
३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन?
४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन्?
५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन? परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन?
६.भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले “हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन” किन भनेको? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन?
७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए?
८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन्?
ढाकछोपको पनि सीमा हुन्छ। यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो। सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको गम्भिर आरोपमा छानविन हुन सक्थ्यो। तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।