add

सरकारलाई तरुण दललेको प्रश्न-‘ रोग/भोकमा जनताको साथमा नहुने सरकार किन चाहियो ?






ActPro Nepal

|

५ कार्तिक, २०७७

|
1399

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्न सरकारसँग माग गरेको छ । महामारीको बेलामा नै जनतालाई सरकार आवश्यक पर्ने भन्दै संक्रमित आफैंले उपचार गर्नुपर्ने भन्ने सरकारको निर्णय फिर्ता गर्न तरुण दलले सरकारसँग आग्रह गरेको हो ।

अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी एक विज्ञप्तिमा गर्दै कोरोना संक्रमण बढिरहेका बेला परीक्षण र निःशुल्क उपचारबाट पन्छिनु खेदजनक भएको भनिएको छ । ‘महामारीको बेलामा सरकारले जनताप्रति निर्बाह गर्नुपर्ने समान्य भन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ- ‘यस्तो महामारीको बेला परिक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक बिपरित परिक्षण, उपचार र लास व्यवस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णयमा पुगेको छ, यस्तो निर्णय अत्यन्तै खेदजनक छ ।’

सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश विपरित छ भएको पनि तरुण दलले उल्लेख गरेको छ । ‘आम जनताको अभिभावकको भूमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पुर्ण जनताको निःशुल्क परिक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै तरुण दलले सरकार कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन खोजेर गैह्रजिम्मेवार बनेको आरोप लगाएको छ । ‘रोग भोक र अभावमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र ?’ भन्दै प्रश्न समेत गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.