add

कोरोना संक्रमितको घरमै मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने






ActPro Nepal

|

२ कार्तिक, २०७७

|
887

काठमाडौं । स्वास्थ्य मन्त्रालयले शव व्यवस्थापन  मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ ।  

पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुन थालेसँगै 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७' दोस्रो संशोधन गर्न लागेको छ । 

धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएको भन्दै सरकारले मापदण्ड तयार गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ । 

नयाँ मापदण्ड अनुसार  'होम आइसोलेसन' मा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नु पर्नेछ । 

यसअघि भने संक्रमितको मृत्यु भए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्दै आएको थियो।साथै संक्रमितको घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्ने भनिएको छ।

त्यसपछि परिवार र अन्तिम संस्कारमा सहभागी हुनेहरूले सजकता अपनाइ शवको अन्त्यष्टि गर्नुपर्ने मापदण्डमा उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.