add

यूथ कांग्रेसको रसुवाको संयोजकमा बसन्त भट्ट नियुक्त






ActPro Nepal

|

३० असोज, २०७७

|
1798

काठमाडौं । यूथ कांग्रेस नेपाल रसुवाको संयोजकमा  बसन्त भट्ट चयन भएका छन् । यूथ कांग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमिल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा भट्टलाई संयोजकको रुपमा नियुक्त गरिएको जानकारी गराइएको हो ।  भट्ट लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

नवनियुक्त संयोजक भट्टले रसुवामा युथ कांग्रेस कुनै पनि राजनैतिक पार्टीको हस्तक्षेपबाट बाहिर रहने र कुनैपनि राजनैतिक दलसंग आवद्ध नहुने  तर यसका मुल सिद्धान्तहरु नेपाली कांग्रेस पार्टीको बिचारधारासंग समान रहने जानकारी गराए ।

नेपालका युवा लोकतन्त्रवादीहरूको अभियानका रूपमा यूथ कांग्रेस तीन वर्षदेखि क्रियाशील छ। यूथ कांग्रेसले लोकतन्त्र सुदृढीकरण र सुशासनको प्रत्याभूतिका लागि विभिन्न कार्यक्रम चलाउने गरेको छ।

देशभक्त तथा लोकतन्त्रवादी युवाहरु संगठित भइ लोकतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय सहितको समुन्नत समाज निर्माण गर्न, नागरिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको पक्षमा उभिन, लोकतन्त्रको मुलभूत सिद्दान्त, विधिको शासन तथा सुशासनको वकालत गर्न, राष्ट्रियता, प्रगतिशीलता, स्वतन्त्रता तथा संबिधानद्वारा प्रदत्त हकलाई प्रबर्द्धन गर्ने उदेश्यका साथ ‘ युथ कांग्रेस नेपाल' स्थापना भएको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.