add

काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि






ActPro Nepal

|

२८ असोज, २०७७

|
577



काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, नेपालमा थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। संक्रमितमध्ये ८० हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६७५ जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २१७४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.