add

नेप्से परिसूचक ७.४२ अंकले घट्यो, कारोबार रकम डेढ अर्बमा सीमित






ActPro Nepal

|

२८ असोज, २०७७

|
1251

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रम जारी रहेको छ ।

मंगलबार ९.४२ अंकले घटेर बजार बन्द भएको सेयर बजार मापक सूचक नेप्से बुधबार ७.४२ अंकले घटेर १५६१.१७ अंकमा झरेको हो ।

यसदिन १९५ कम्पनीको १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १ समूहको परिसूचक उकालो लागेका छन् भने ११ समूहको परिसूचक ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक सर्वाधिक १.९९ प्रतिशत, वित्त कम्पनी समूहको सूचक १.३१ प्रतिशत र हाइड्रोपावर समूहको सूचक १.१९ प्रतिशतले घटेको छ ।

त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक पनि ०.२९ प्रतिशतले घटेको छ । होटेल समूहको सूचकबाहेक सबै समूहको सूचक रातो हुँदा नेप्से पनि घटेको हो । होटेल समूहको सूचक भने ०.१४ प्रतिशतले बढेको छ ।

आजबाट कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.