add

मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो






ActPro Nepal

|

२७ असोज, २०७७

|
1126

काठमाडौं । नेकपा कर्णाली विवाद साम्य हुने संकेत देखिएकाे छ । नेकपा कर्णाली संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाही र माधवकुमार नेपाल समूहबीच सहमति भएसँगै विवाद टर्ने संकेत देखिएकाे हाे ।

आइतबार मुख्यमन्त्री शाहीविरूद्ध आफ्नै दलका १८ जना सांसदहरूले अविश्वासकाे प्रस्ताव दर्ता गराएका थिए । भाेलिपल्ट मुख्यमन्त्री शाहीले आफ्नाे बचाउमा एक्सन लिँदै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि विवाद झनै चर्किएकाे थियाे ।

विवाद साम्य पार्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएर लागि परेका थिए । मंगलबार बिहान पनि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका थिए । छलफलपछि मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

मुख्यमन्त्री शाही र नेपाल पक्षका नेताहरुबीच भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी सहमति जुटेको स्राेतकाे भनाइ छ । यससँगै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसद प्रमुख सचेतक गुलाबजंग शाहले मंगलबार बोलाएको संसदीय दलको बैठक नजाने भएका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका ३३ मध्‍ये १८ जना सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.