काठमाडौँ । आज काठमाण्डौका विभिन्न ठाउँमा बिहानभर बत्ति जाने भएको छ ।
काठमाण्डौका विभिन्न ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भएकोलेआज बिहान साढे ६ देखि १० बजेसम्म बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, उद्योग वाणिज्य महासङ्घ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडि सम्म, टेकु वंशीमार्ग, सुकुम्बासी जाने बाटोसम्म बत्ती जाने जनाएको हो ।
त्यस्तै कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ हुँदै हनुमन्ते भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टङ्गाल, भरुङ्गखेल, क्षेत्रपाटी चोक, ढल्कोचोकसम्म र भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी,काठमाण्डौ बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बिहान १० बजेसम्म बत्ती जाने भएको हो ।
तोकिएको समयअघि नै काम सकिए बत्ती सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।
हटलाइन सेवा बन्द
प्राधिकरणले नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा वन्द रहने जनाएको छ । नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाई कोभिड १९ सक्रमण देखिएको हुँदा उक्त कार्यालय सिल गर्नुपरेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी वन्द गरीएको जनाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।