काठमाडौं । सरकारले विदेशी मदिरा आयातको प्रतिवन्ध हटाएको छ ।
परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले मन्त्रिपरिषद्को बैंठकको निर्णय सुनाउँदै विदेशी मदिरा आयातको प्रतिवन्ध हटाइएको जानकारी दिएका हुन् ।
यस अघि सरकारले कोभिड पछि विदेशी मुद्रा विदेशिनबाट रोक्दै आयातलाई निरुत्साहित गर्ने भन्दै विदेशी मदिरा आयातमा रोक लगाएको थियो ।
तर, यस अघि आयात गरिएको मदिराको स्टक सकिएको र पछिल्लो समय भन्सार छलीबाट मदिरा भित्र्न थालेको गुनासो आएपछि सरकारले मदिरा आयात खुला गरेको हो ।
यसैगरी सरकारले सरकारले ५० हजार डलर भन्दा बढी मूल्यका सवारी साधन आयातमा लगाएको प्रतिबन्ध पनि खुला गरेको छ । विशेषगरी विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधन ल्याउन समस्या परेको भन्दै त्यस्ता निकायले खरिद गर्ने गाडिमा उक्त सीमा हटाइएको ज्ञवालीले जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।