काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विगत केहीदिन देखि ज्वरो आएपछि उनले कोरोना परीक्षण गराएका थिए । पूर्वमन्त्री थापालाई निमोनिया भएको बताइएको छ । उनको स्वास्थ्य जटिल बनेपछि ह्याम्स अस्पताल भर्ना गरिएको छ ।
थापासहित उनकी पत्नी र चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय थापा पार्टी कार्यक्रममा सक्रिय हुँदै आएका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।