काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ ।
नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको भन्दै सरकारले नागरिक सम्वेदनशील नभए पुन लकडाउन गर्नेवाहेकाकाे विकल्प नरहेकाे बताएकाे छ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेपनि सरकारकाे आग्रहको अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन्।
काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखापर्न थालेको भन्दै उनले नागरिकहरूलाई सचेतना अपनाउन अपिल गरे।
उनले संक्रमणको अवस्था जटिल बन्न नदिन चाडवाडको समयमा सचेत भएर सरकारलाई साथ दिन अनुरोध गरे। दसैँ, तिहार र छठजस्ता चाडपर्वहरूमा भिडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुने भन्दै उनले सचेत हुन सबैले ध्यान दिनुपर्ने बताए।
उनले कोरोना नियन्त्रणको लागि बाँकेको नरैनापुर, उदयपुर र वीरगन्जलगायतका क्षेत्रमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले खेलेको भूमिकालाई आत्मसात् गर्दै कोरोना नियन्त्रणको असल अभ्यासहरू काठमाडौंमा लागू गर्न जरुरी रहेको बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।