add

आज मिती २०७७ साल असोज २४ गते शनिबार , तपाइँको आजको राशिफल कस्तो छ ?






ActPro Nepal

|

२४ असोज, २०७७

|
1018

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज २४ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–अष्टमी, १६ घडी ४० पला,मध्यान्ह १२ बजेर ४१ मिनेट उप्रान्त । नक्षत्र–पुनर्वशु, ३७ घडी ५२ पला,बेलुकी ०९ बजेर १० मिनेट उप्रान्त तिष्य । योग–शिव, ३९ घडी ०४ पला, बेलुकी ०९ बजेर ३९ मिनेट उप्रान्त सिद्ध । करण– कौलव,मध्यान्ह १२ बजेर ४१ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर ३२ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मिथुन, दिउसो ०३ बजेर ०५ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३८ मिनेट ।
दिनमान २९ घडी ०१ पला । विश्व मानशिक दिवस ।

आजको राशिफल


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला । तरपनि कृषि क्षेत्रमा गरिएको लगानी सुरक्षित रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवारमा मांगलिक कार्य वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्य स्थिति सन्तोषजनक रहने छ भने पुराना समस्या हल भएर जानेछ । व्यापार व्यवसाय फस्टाएर जाने छ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिस्पर्धीको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यवसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्का बीच मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि साँझको समय राम्रो रहेकोले बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापारमा बृद्धि हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको ब्यबस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्नी बीचको सम्बन्धमा अबिश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाई लेखाईमा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो वा आफन्तको स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न सम्पादन हुने छैनन । जिम्मेवारी बढेपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । तरपनि साझपख समय राम्रो रहेकोले व्यावसायिक काममा समय खर्च हने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ  । अरूका काममा श्रम तथा बुद्धि खर्च भएपनि फाईदा आफैलाई हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मनमा धार्मिक प्रवृति जागृत हुने तथा छोटो दुरिको धार्मिक यात्रा गर्न सकिनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । समयले साथ दिने हुनाले राम्रो काम गर्न सकिनेछ । प्रतिस्पर्धीहरु बाधक देखिएपनि अन्तत उनिहरुलाई पनि समेटेर काम बनाउन सकिनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुन सक्छन् ध्यान दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा पनि विघ्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्स हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । साझपख समय राम्रो रहेकोले ग्रामिण भेगमा गरिने कृषि तथा पशुपालन व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामाग्रको खरिद बिक्रीबाट लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य सम्बन्धमा सुधार हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मत भन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ । साझपख भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपूर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुन लागेको काम पनि अरुकै हातमा जानेछ । साँझबाट समय राम्रो रहेकोले माया प्रेममा नजिक हुन सकिने तथा दाम्पत्य जीवन खुसि रहनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरि मनग्गे लाभ लिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा मन जाने तथा नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । कृषि,पशुपालन,बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुँनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुने योग रहेकोछ । प्रेम प्रसंग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । साझबाट कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.