add

चोरी भएका २६ वटा मोटरसाइकल धनिलाई जिम्मा [सूचि सहित]






ActPro Nepal

|

२३ असोज, २०७७

|
1286

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न समयमा चोरिएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्म लगाएको महाशाखाले जनाएको छ।

उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्‍वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलिसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनिलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाउनु भएको हो ।


“एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापारवाही वा असुरक्षित पार्किङ्ग गरेर मोटरसाईकलहरू बढी चोरी भएको देखिन्छ ।’’ महाशाखाका प्रमुख भिम ढकालले भन्नुभयो : ‘चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ ।’

उहाँले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिनुभयो ।
​आज बम बहादुर बिश्‍वकर्मा, रिना मगर, पवन राई, बासुदेव पोखरेल, राजु तामाङ, अप्सरा खत्री, बिकाश काररञ्जि, सुरज राम श्रेष्‍ठ, केशव अधिकारी, राम विक्रम सिजापती, जयराम प्रसाद कुशवाह, कुमार बोगटी, ईन्द्र कुमार सुनुवार, अनिता सुवाल, जा. बज्राचार्य, पुर्णमाया पाख्रिन, निरज पाण्डे, धनविर योञ्जन, मिना के.सी., शिव शंकर श्रेष्‍ठ, कृष्ण बुढाथोकी, राम कुमारी श्रेष्‍ठ, रामानन्द शाह, सुजन सैजु, भुनिमा तामाङ्ग र लेखनाथ भुसालका मोटरसाईकलहरु जिम्मा लगाएको हो ।

​महाशाखाले यस आ.व. ०७६/०७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनिलाई बुझाईसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.