add

तरूण दल धादिङका उपसभापति गुण्डा नाइके ‘राधे' पक्राउ






ActPro Nepal

|

२३ असोज, २०७७

|
1357

काठमाडौं  ।  गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे' पक्राउ परेका छन्

जनप्रतिनिधिलाई धम्क्याएको अभियोगमा गुण्डानाईके भनेर चिनिने राधे भण्डारी पक्राउ परेका हुन् ।

उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो ।

धादिङको सिद्धलेक गाउँपालिकामा क्रसर सञ्चालन गर्दै आएका भण्डारीले त्यहाँका जनप्रतिधिलाई धम्की दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको बालुवा निकाल्ने ठेक्काको म्याद सकिएकाले उनलाई अवैध रुपमा बालुवा ननिकाल्न स्थानीय प्रशासनले बालुवा रोक लगाएको थियो । प्रहरीका अनुसार उनको क्रसर पनि बन्द गराइएको छ ।

विभिन्न घटनामा संलग्नता रहेको भण्डारी नेपाली कांग्रेस भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.