add

के तपाईलाई आइसियु र भेन्टिलेटर चाहियो ? यो नम्वरमा सम्पर्क गरौं






ActPro Nepal

|

२३ असोज, २०७७

|
1435

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । बिरामीको संख्या थपिएसँगै आइसियु र भेन्टिलेटर अभाव समाचार सार्वजनिक भइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्पर्क गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ । थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । ती मध्ये ८२ आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए । उनका अनुसार अझै ९९ आइसियु र ४९ वटा भेन्टिलेर खाली नै रहेका छन् ।

अहिलेसम्म २३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन । ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर रहेका छन ।

काठमाडौँ  उपत्यकामा अहिलेसम्म ३६ हजार ३११ जना सङ्क्रमित फेला परेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.