add

नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष हुँदाहुँदै महाप्रवन्धक नियुक्त






ActPro Nepal

|

२३ असोज, २०७७

|
586

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा महाप्रवन्धक नियुक्त ल्याएको छ । तर, यस संस्थानको नेतृत्वमा अहिले नै कार्यकारी अध्यक्ष सुशील घिमिरे रहेका छन् । सरकारले संचालक समिति सदस्य रहेका डिमप्रकाश पौडेल (प्रकाश)लाई महाप्रवन्धकमा नियुक्त गरेको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पौडेललाई महाप्रवन्धक नियुक्त गरेको छ । उनी नेकपा कार्यक्रतासमेत हुन् ।

लामो समयदेखि उनी महाप्रवन्धक बन्ने लबिंगमा थिए । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सक्रिय कार्यकर्ता हुन् । पेशाले भने चार्टर्ड एकाउन्टेन्ट हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य भएका थिए । यसले नेपाल एयरलाइन्समा द्धन्द्ध बढ्ने चिन्ता कर्मचारीमा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.