add

ओपोको ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन २०२० घोषणा, फोन किन्दा उपहार






ActPro Nepal

|

२३ असोज, २०७७

|
924

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ ।

उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर उत्पादनको आईएमईआई/सीएमईआई/डीसी कोड एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

‘नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । स्थानीय महान चाडहरु बडा दशैँ र तिहार उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्ने कम्पनीको भनाइ छ ।

सहभागिताका लागि उपभोक्ताले, फोनका लागि ओपो ≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि ओपो ≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ ।

यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा ५ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । छनोटमा परेका मध्य पहिलो दूई चरण (अक्टोबर ८ देखि २२) सम्म प्रथम पुरस्कार विजेताले ओपो एफ१७ प्रो, द्वितिय पुरस्कार विजेताले ४१एमएम ओपो वाच, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक(एक थान जित्नेछन् ।

त्यसैगरी दास्रो चरण ( नोवेम्बर ७ देखि १४) सम्म अथवा तेस्रो लक्कि ड्र मार्फत प्रथम पुरस्कार विजेताले ओपो एफ१७ प्रो, द्वितिय पुरस्कार विजेताले ओपो एफ१७, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक(एक थान जित्नेछन् ।

विजेताहरुको घोषणा क्रमशः अक्टोबर १७, २३ र नोवेम्बर १५का दिन ओपो नेपालको सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिन कम्पनीले बताएको छ ।

तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । अक्टोबर ८ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना नोवेम्बर १४, २०२० सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.