add

प्रधानमन्त्रीका तीन सचिवालय सदस्य कोरोना संक्रमण मुक्त






ActPro Nepal

|

२३ असोज, २०७७

|
1013

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे  सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लहाकार सूर्य थापा कोरोनामुक्त भएका हुन् ।

प्रेस सल्लाहकार थापाले आफूसहित रिमाल र भट्टराईको पिसिआर रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् । ‘हामीले कोरोना संक्रमण जितेका छौं,’ थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी छौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका ५ दर्जन सुरक्षाकर्मी सहित प्रधानमन्त्रीका तीन सल्लाहकार संक्रमित भएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.