आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज २३ गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,१६ घडी २८ पला,मध्यान्ह १२ बजेर ३६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–आद्र्रा,३६ घडी ३१ पला,बेलुकी ०८ बजेर ३७ मिनेट उप्रान्त पुनर्वशु । योग–परिध,४२ घडी ०८ पला,बेलुकी १० बजेर ५२ मिनेट उप्रान्त शिव । करण–बव,मध्यान्ह १२ बजेर ३६ मिनेट उप्रान्त बालव,रातको १२ बजेर ४३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २९ घडी ०५ पला । विश्व हुलाक दिवस ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हरेक काममा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । मोजमस्तिमा मन जाने हुनाले अध्यन तथा अध्यापनमा पछि परिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका आजको दिन उत्तम नहुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । दाजुभाई तथा छिमेकिसँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्न सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ज्ञानगुन र दार्शनिक विषयमा ध्यान जानेछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले राम्रा काम गर्न सकिने तथा सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । परिवारका साथ मिठो मसिनो भाजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् । सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउने समय रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइ कमजोर रहनेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्ने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यामा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि थोरै लाभ लिन सकिनेछ । तरल पदार्थ, पानि तथा पानीसँग सम्बन्धीत व्यावसायमा लगानि गर्दा ध्यान दिनुहोला । दाजुभाई तथा आफन्तजनबाट असहयोग हुनेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले भने सताउने देखिन्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सरकारि कामकाजमा ढिला सुस्ति हुने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नुहुँदा दैनिकि प्रभावित हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । आफ्नो र घर परिवारका सदस्यको स्वास्थ्यको ख्याल गर्नुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्यात्मभाव जागृत हुनुको साथै धार्मिक तथा परोपकारका काममा मन जानेछ । अध्ययन तथा खोजीमुलक कामका छोटो दुरिको यात्रा हुनेछ । धार्मिक तथा बौद्धिक पुस्तक अध्ययन गर्ने अवसर जुर्नेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतीको प्रयोग गरि कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानी बढाउँन सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले काम गर्न अप्ठ्यारोमा महशुष हुनेछ । लेनदेनको कारणले विवाद आउने तथा चुनौतीको सामना गर्नु पर्नेछ । आफन्त तथा दिदि बहिनीबाट सजग रहनुहोला । व्यापारमा मन्दि आउने तथा आर्थिक रूपमा पनि नोक्सानी हुने योग रहेकोछ । न्यून पारिश्रमिकमा दिन व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । परिवारजनसँग आत्मीयतामा कमी हुनेछ भने प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाम्पत्य सम्बन्धमा र माया प्रेममा बृद्धि हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । छोटो दुरिको रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा विपरित लिङगको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावासय अन्य दिन भन्दा फस्टाएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धीहरु हर क्षेत्रमा हावि हुनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । कुनै मुद्दा मामिलामा सहभागि नहुनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुन सक्छ । पढाइ लेखाइमा ध्यान नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । धन सम्पति हराउने तथा चोरिने अधिक सम्भावना रहेकोले आफ्नो धनमालको सुरक्षा गर्न जरुरि देखिन्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा मन जाने तथा नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । कृषि,पशुपालन,बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुँनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउँन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।