add

सन् २०२० को आठ महिना : पर्यटकको संख्या ७१ प्रतिशतले घटयो, कुन महिना आए कति पर्यटक ?






ActPro Nepal

|

२२ असोज, २०७७

|
1366

काठमाडौं । सन् २०२० को आठ महिना अर्थात् अगस्टसम्म नेपालमा २ लाख १५ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो । 

राष्ट्र बैंकअनुसार समिक्षा अवधीमा विदेशी पर्यटकको सख्या ७०.८२ प्रतिशतले घटेको छ । २०१९ को सोही अवधीमा ७ लाख ३९ हजार ३२३ जना विदेशी पर्यटक आएका थिए । 

कारोना भाइरस नियन्त्रण गर्न गत मार्चको तेस्रो हप्ताबाट लगाइएको लकडाउन र कोरोनाको बढ्दो जोखिमका कारण विदेशी पर्यटनको आगामन घटेको हो । तथ्यांकअनुसार मार्चदेखि नै विदेशी पर्यटकको सख्या अत्यन्त न्यून रहेको छ । 

नेपालमा बार्षिक ११ लाखदेखि १२ लाखसम्म पर्यटक आउने गर्छन् । सरकारले २०२० लाई भने भ्रमण बर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, कोरोना भाइरसका कारण भ्रमण बर्ष स्थगित गरिसकिएको छ । 

पछिल्लो समय लकडाउन खुकुलो भएपनि विदेशी पर्यटकको आगामन नबढेको देखिन्छ । लकडाउन खुकुलो भएपछि कोरोनाको जोखिम अझै घटेको छैन । फलस्वरुप पर्यटकहरुले आफ्ना भ्रमण कार्यक्रमलाई स्थगित गरेका छन् । त्यसैको असरले नेपालमा पनि पर्यटक आगामनको सख्या घटेको हो । 

कुन महिना कति पर्यटक आए ? 

जनवरी – ७९६८६

फ्रेवअरी – १०१४००

मार्च – ३४०२५

अप्रिल – १३

मे – ३०

जुन – १००

जुलाई – १९५

अगस्ट – २६५ 

स्रोतः नेपाल राष्ट्र बैंक


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.