add

सहकारी बोर्डले तयार पार्‍यो २५ वर्षे रणनीति : उत्पादन, उद्यमशिलता र रोजगारीलाई जोड दिइने






ActPro Nepal

|

२१ असोज, २०७७

|
1316

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेश गरेको छ।

राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजना (२०७७/०७८–२१०२/०३) को मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको  हो । बोर्डले बुधबार मन्त्रालयमा कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा बुझाएको हो ।

रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको विस्तार, विकास र सुदृढीकरणका लागि रणनीतिक दस्तावेज निर्माण गरेको बताइन् । मन्त्री अर्यालले भनिन्–‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सवल पक्षहरु के छन् ? अहिलेसम्म प्राप्त उपलब्धिहरु के छन् भन्ने कुराको चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन ।’

अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका लागि स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालको भनाइ छ । संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रशंग जोड्दै उनले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको उल्लेख गरिन ।

सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको बताइन् । ‘हामीसँग सहकारीका संख्याहरु धेरै छन् । सहकारी आर्थिक रुपमा सवल छ । सहकारीमा भएका पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनु पर्नेछ । व्यवसायिक बन्दै रोजगारी सृजना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्वका साथ उठाइएको छ’–मन्त्री अर्यालले भनिन् ।

संख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेको भन्दै सुशासलाई विशेष रुपमा जोड दिइएको मन्त्री अर्यालको भनाइ छ । सहकारी सम्बन्धी निर्माण गरिएका कानुन कार्यान्वयमा विशेष जोड दिइएको समेत मन्त्री अर्यालले बताइन् । तीन वटै तहको सरकार बीच समन्वय गरी सरकार नीजि क्षेत्र र सहकारी क्षेत्र बीच साझेदारी गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले समृद्ध नेपाल सुुखी नेपालीको सरकारी लक्ष्य हासिल गर्न यी सबै बीच सहकार्यको जरुरी रहेको बताइन् । उनले भनिन्–‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य लिएर अगाडि बढी रहेको छ । दिगो विकास लक्ष्यमा पनि यी कुराहरु उल्लेख गरिएका छन् । त्यो सपनालाई साकार पार्न सहकारीका माध्यमबाट महत्वपूर्ण योगदान दिन सक्छौँ । त्यो ढंगले हामी अगाडि बढ्नु पर्नेछ ।’

त्यस्तै मन्त्री अर्यालले सहकारी क्षेत्रलाई उद्यमशीलता, व्यवसायिकतामा लगाउनका लागि बाधक रहेका ऐनहरुको संशोधन गरेर अगाडि बढ्ने समेत बताइन् । सहकारी विकास बोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयकोतर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । सहकारी अभियानलाई यो कार्यमा सहभागी गराउने बताउदै मन्त्री अर्यालले समयसापेक्ष कार्यक्रम बनाउने समेत बताइन् । बोर्डको अध्यक्ष समेत रहेकी मन्त्री अर्यालले भनिन्–‘रणनीतिका विषयमा केही प्रश्न पनि उठेका छन् । यसलाई हामीले कार्यान्वयनमा लैजान कार्यनीति बनाउछौँ । कार्यनीति समय सापेक्ष बन्छ ।’

त्यस्तैगरी मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीति २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडि बढाउने भन्ने भिजनरी दस्तावेज भएको बताए । उक्त रणनीति सरकारले आवधिक योजना, वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने भन्दै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अगाडि बढाउने बताए । साथै, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षभित्र कसरी अगाडि बढाउने भन्ने योजनासहित २५ वर्षे रणनीति तयार गरेको जानकारी दिए । सहकारी क्षेत्रलाई समयसापेक्ष रुपमा प्रविधिमैत्री बनाउदै लैजाने भन्दै सह–अध्यक्ष पौडेलले समग्र सहकारी क्षेत्रको विकासका लागि रणनीति तयार गरिएको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.