add

यस्ता छन् असोज १९ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु






ActPro Nepal

|

२१ असोज, २०७७

|
1046

काठमाडौं । सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका हुन्।

शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय भएको बताए ।

उनले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रियालाई निरन्तरता दिने निर्णय भएको बताए ।

त्यस्तै चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उनले बताए ।

कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै प्रवक्ता ज्ञवालीले यसपालि टाढैबाट आशीष लिने काम गर्दा उपयुक्त हुने बताए ।



मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दूतहरुको नियुक्ति तथा पदोन्नति गर्ने निर्णया गरेको पनि ज्ञवालीले जानकारी दिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.