add

राजधानी सार्ने भएपछि नेकपा समर्थित २ हजार सदस्यद्वारा पार्टी परित्यागको घोषणा






ActPro Nepal

|

२० असोज, २०७७

|
1271

काठमाडौं । रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै २३ सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका हुन् ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै राजीनामा बुझाएका हुन् । कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चुनावमा दिएको बाचा पुरा नगरेको हुँदा पाटीमा बसिरहनुको उपयुक्त नरहेको बताए ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पूर्व अध्यक्ष मोतिलाल पाण्डे, व्यवशायी नारायण घिमिरे, एजाज आलम, माधव नेपाल, होटल तथा रेष्टुरेन्ण्ट व्यवशायी संघका अध्यक्ष समुन्द्र जिसी लगायतले बोलेका थिए ।

जिसीले नामै लिएर नेकपा संसदीय दलका प्रमुख सचेतकलाई स्वार्थमा लागेर जनताको चाहनालाई कुल्चेको आरोप लगाए ।

उनिहरुले रुपन्देहीमा रहेको ३५ वटा सामाजिक संघसंस्थाका २२४९ जना पाटी सदस्यले राजीनामा दिएको जानकारी गराएको छ ।

त्यसमध्ये कतिपय सदस्यहरु पाटीको जिम्मेवार पदमा समेत रहेका छन् ।

रुपन्देहीका सामाजिक संघ संस्थाको सञ्जालले विगत तीन देखि राजधानी रुपन्देहीमा हुनुपर्ने माग राख्ने आन्दालन गरिरहेको छ ।

मंगलबार पनि उनिहरुले प्रदेश सभा भवन अगाडी धर्नाका कार्यक्रम गरिरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.