add

'प्रदेश सभामा तोडफोड गर्नेलाई कारबाही गर्नै पर्छ' : गगन थापा






ActPro Nepal

|

२० असोज, २०७७

|
2468

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रदेश ५ सभामा हिजो कांग्रेस सांसदहरूले तोडफोड गरेको घटनाप्रति आत्मालोचना गरेका छन्।

सामाजिक सञ्जालबाट नेता  थापाले साे कुराको आत्मालोचना गरेका हुन् ।

सोमबार राति ट्वीट गर्दै उनले लेखेका छन्, 'संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। आजको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।'

प्रतिपक्षको हैसियतले सरकारको हठका विरुद्ध आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै परेपनि प्रदेश सभामा भएको कुर्सी तोडफोडप्रति लक्षित गर्दै उनले भने, 'प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।'

नेता थापाले आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्ने बताएका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.