add

सवारी साधन हराए वा चोरी भए घरबाट नै प्रहरीमा निवेदन दिन मिल्ने, यस्तो छ तरिका






ActPro Nepal

|

१८ असोज, २०७७

|
1711

काठमाडौं  । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ। 

महाशाखाले चोरी भएका वा फेला परेका सवारी अभिलेख व्यवस्थापनका लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको हो ।  । उक्त सफ्टयरको उद्घाटन आइतबार महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गरेका हुन् । 

अब निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको  र सेवाग्रहीले घरैबाट निवेदन दिन सकिने  महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए । 

यस्तो छ तरिका

ट्राफिक प्रहरीको वेबसाइटमा गएर हराएको सवारीधनीले फर्म भरेर आवेदन दिन सकिने छ । यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइट  traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । 

वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ । 

त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । 

माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त गर्न सक्नेछ र सेवाग्राहीले अनलाइनबाटै सवारी साधन फेला परे नपरेको थाहा पाउन चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र सवारी नम्बर राखेर चेक गर्नु पर्नेछ ।

यस अघि लाईसेन्स, बिल बुक र पर्मिट हराएको निबेदन र सिफारिस लिन ट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरेको थियो । 

असोज ५ गतेदेखि शुरु भएको यिकत lost Document Application अनलाइन सेवाबाट ९४९ जना सेवाग्राहीले अनलाईबाटै सेवा प्राप्त गरेका छन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.