add

व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण






ActPro Nepal

|

१६ असोज, २०७७

|
1257

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक बसार खेतीतर्फ आकर्र्षित भएका छन्।

पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रूपमा बेसार खेती गर्न थालेका हुन्।

जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती शुरु गरिएको छ।

शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत् आफूहरूले व्यावसायिक रूपमा बेसार खेती सुरु गरेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काले बताए।

सुनवल नगरपालिका-१ मा सहकारीले बन्दाबन्दीकै बीचमा बेसार खेती सुरु गरेको हो।

सहकारीमार्फत् व्यावसायिक बेसार खेती गरिएको यो जिल्लामै पहिलो हो।

मसला उद्योग सञ्चालन गरी बजारमा शुद्ध बेसार(धुलो) उपलब्ध गराउने उद्देश्यले सहकारी आफैंले यसको खेती थालेको उनको भनाइ छ।

यसबाट खेती गर्नेलाई रोजगारी मिल्ने र अन्य शेयर सदस्यलाई  यसको खेती गर्न उत्प्रेरित गर्ने संस्थाले अपेक्षा लिएको छ। - रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.