add

फास्ट ट्रयाकमा सुरुङ र पुल बनाउन ४३ अन्तर्राष्ट्रिय कम्पनीले हाले टेन्डर






ActPro Nepal

|

१५ असोज, २०७७

|
1631

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई, मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)मा सुरूङ र पुल बनाउन ४३ अन्तर्राष्ट्रिय कम्पनीले टेन्डर हालेका छन् ।

नेपाली सेनाका अनुसार फास्ट ट्रयाकको दुईखण्डमा सुरुङ र पुल बनाउन ती कम्पनीले बोलपत्र पेश गरेका हुन् । जसमा धेद्रेखोलादेखि लेनडाँडासम्मको सुरूङ तथा पुल बनाउन २२ कम्पनी र छोक्रेडाँडादेखि धेद्रेखोला खण्डमा २१ वटा कम्पनीले आवेदन दिएका हुन् ।

फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले उक्त सडकलाई दुई खण्डमा विभाजन गरी सुरुङ र पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । फास्ट ट्रयाकमा कुल ६.४१ किलोमिटर लम्बाईका तीन वटा सुरुङमार्ग निर्माण हुनेछ । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

त्यस्तै, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।  मंसिरमा टेन्डर गरी सुरुङ निर्माणको काम थालिने आयोजनाले जनाएको छ ।

बोलपत्र पेश गर्ने कम्पनीहरु मध्येबाटै निर्माण कम्पनी छनोट गरिने सेनाले जनाएको छ । छनोट हुने निर्माण कम्पनीले डबल लेन स्ट्यान्डर्डको सुरूङ तथा पुल बनाउने प्लानिङ, डिजाइन, इन्जिनियरिङ, प्रोक्युरमेन्ट, निर्माण तथा सञ्चालन गर्नेछ ।

अब मूल्याङ्कन समितिले बोलपत्रको मूल्यांकन गरी योग्य ठहरिएका कम्पनीलाई सूचिकृत गर्ने सेनाले जनाएको छ । 

द्रुतमार्ग परियोजनामा तीनवटा सुरुङ र सानारठूला गरी ८७ वटा पुल निर्माण हुनेछन् ।तीमध्ये १७ वटा पुल विशेष प्रकृतिका रहने छन् । कुल साढे ७२ किलोमिटरको हुने द्रुतमार्गमा सडक ५५.५ किमि, सुरुङमार्ग ६.४१ किमि र पुल १०.५९ किमि पर्नेछ ।

द्रुतमार्गका सडकमा समथर भू-भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.