add

सञ्चार जगतलाई केही भन्यो कि बुरुक्क उफ्रिहाल्छन् : प्रधानमन्त्री ओली






ActPro Nepal

|

१५ असोज, २०७७

|
1135

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक विभिन्न मिडियाका सम्पादकहरुसँग गुनासो पोखेका छन्।

भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए। सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एक्पटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए।


सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने सक्तिको विकास गर्नुपर्ने उनको भनाई थियो।

उनले भने, ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भनेपनि छुट पाइन्छ। सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन। एकदम सेन्सेटिभ नी। एसो छोयो भने देखि बुरुक्क उफ्रिआल्ने। करेन्ट लागेजस्तो। अलि अगाडि मसँग सञ्चारकर्मीहरु सम्पादकहरु भेटनुभयो। तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो। मैले भने तपाईहरुलाई दिनरात गालिगर्दा हुन्छ। मैले अलिकति भने भने तपाईहरु दिनरात गालि गर्ने मैले किन यसो ग-यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भनदा सहन नसक्ने के हो यो। आफूले भनेको भन्यै गर्ने यसो नगर्नुस न भन्दा सहन सिक्नुपर्छ भन्ने। मैले अलिकति सुझाव दिए भने सहन्न भनिहाल्ने।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.