गलेश्वर। तीन महीनादेखि अवरुद्ध बेनी-बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ। गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि हिजोदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो खसेपछि तीन महिनादेखि सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको बेनी नगरपालिका-१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए।
बेनी-मालढुङ्गा सडकको विकल्पका रूपमा रहेको बेनी-बागलुङ सडक अवरुद्ध हुँदा बेनपा- रत्नेचौर र वडा नम्बर २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौँ यात्रु समस्यामा परेका थिए।
सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादन बिक्री वितरण गर्न बजार ल्याउन समस्या भएको थियो। - रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।